२०७७ चैत्र ३१ , मंगलबार

जनता समाजवादी पार्टीले आज देशभर प्रदर्शन गर्दै

सुनाखरी न्युज/ काठमाडौ – जनता समाजवादी पार्टी ‘जसपा’ले आज देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै जसपाले विरोध प्रदर्शन आयोजना गरेको हो । आज सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरिने सो पार्टीले जनााएको छ ।
जसपाको मंगलबारको बैठकले पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस र १२ गते केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णयपनि गरेको छ । जसपाले प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई आग्रह समेत गरेको छ ।