२०७७ चैत्र ३० , सोमवार

सैनिक शासनको आवश्यकता भन्दै शर्माले गरे हेटौंडामा पाँचायन पुजा

राकेश कुमार शर्मा –  मुलुकमा राजनीतिक दलहरुका नेताहरू मुलुक हाँक्न निरन्तर पुर्ण रूपमा असफल भइसकेका छन । राजनीतिक दलहरूका नेताहरूबाट मुलुकले आजसम्म निकास पाउन सकेन । दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो तर पटकपटक को संसद विघटनले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ भन्दै जिल्ला बर्दिया, गुलरिया वडा नम्बर-०५ हाल जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ०२ बस्ने स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले हेटौंडाको सानोपोखरा चोकमा मुलुकमा अब तत्काल सैनिक शासनको आवश्यकता परेको छ भनी दियो, कलश र गणेश राखेर शर्माले पाँचायन पुजा गरेका छन पाँचायन पुजा पण्डित देवराज काफ्लेले गराएका छन ।

 

शर्माको भनाइ अनुसार माओवादी, काँग्रेस र कम्युनिस्टका प्रधानमन्त्री, मन्त्रीहरू, ६०१ सभासदहरु, ८८४ सांसदहरू र राजनीतिक दलहरूका नेताहरूले आजसम्म मुलुकलाई निकास नदिएको, संधैभरी मुलुकमा नाटक मंच, रमिता, मनपरि गरिरहेकोे र सत्ता लिप्साको स्वार्थमा लागि परेकोले मुलुकमा सैनिक शासनको आवश्यकता भन्दै बिरगंज, काठमाडौको भद्रकाली मंदिर लगायत विभिन्न ठाउँहरुमा पुजा गर्दै हिंडने शर्माले २०७७ साल पौष ०५ गते मुलुकमा संसद विघटन पश्चात फेरि मुलुकमा सैनिक शासन लागू अर्थात सेनाहरुले नागरिक सरकार गठन गर्नुपर्छ भन्ने संदेश पाँचायन पुजा मार्फत दिएका छन ।

शर्माले भने दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो पटक पटकको संसद विघटनले मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध । मुलुकको विगतको घटनाक्रममा पनि सजिलो समयमा दलहरू बीच एक आपसमा खिचातानी मतभेद नहुँदा काँग्रेसले एकलौटी बहुमतको सरकार चलाउन सकेन त्यस्तै कसैले विरोध गर्दा नगर्दै प्रचण्डले पनि एक्कासि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए हामी सबैलाई जगजाहेर नै छ । राजनीतिक दलहरू असफल भएको कारण नै आज दुई तिहाइको कम्युनिस्ट सरकारले संसद विघटन गर्नुपर्ने अवस्था आयो । मुलुकमा राजनीतिक दलहरूका नेताहरूले निकास दिन नसक्ने अनिर्णयको बन्दी बनाउने अब सेनाहरु अर्थात राजाले `कु´ गरे भने सेनाहरुलाई र राजालाई दोष दिन मिल्छ ? मुलुकमा संसद विघटन पश्चात तत्काल सेनाहरुले शासन सत्ता आफ्नो अधिनमा लिनुपर्छ । शर्माले सेनाहरुलाई प्रश्न गरेको मुलुकको सेना हो कि ? राजनीतिक दलहरूको सेना हो ? राजनीतिक दलहरूको नेताहरूको कारण मुलुकले निकास पाएन दुई तिहाई कम्युनिस्टको सरकारले संसद विघटन गर्नुपर्ने अवस्था आयो । मुलुकमा जताततै विकृति, बेथिति, अराजकता, ढण्डहीनता बढदै गएको र मुलुकमा लथालिङ्ग अवस्था छ । सेनाहरुले सत्ता कब्जा गर्न ढिलाइ गरेको किन ? उनले भने सेनाहरुले पहिलो नम्बरमा बुझ्नुपर्ने कुरा मुलुक भन्दा ठुलो संविधान होइन त्यस्तै मुलुक भन्दा ठुलो विधा भण्डारी, के.पी. शर्मा ओली, माधव कुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड, नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, बाबुराम भट्टराई, रामचन्द्र पौडेल र शेर बहादुर देउवा लगायतका नेताहरू पनि होइन । सेनाहरुले दोस्रो नम्बरमा बुझ्नुपर्ने कुरा वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर र किम जोंग पनि सेनाहरु नै हुन । यसकारण मुलुकमा तत्काल सैनिक शासनको खाँचो छ ।

 

शर्माले भने अब सेनाहरुले मुलुकको परिस्थितिलाई मध्य नजर गर्दै वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर र किम जोंग मध्ये सेनाहरुले कुन रुप अर्थात कुन अवतार धारण गर्नुपर्ने हो सो निर्णय सेनाहरुले नै लिनुपर्छ । मुलुकमा शीर्ष नेताहरूको रमिता, नाटक मंचन र खेलाची अति भो ? मुलुकको सेना हो भने सेनाहरुले मुलुकको हितमा अब तत्काल ठोस निर्णय अर्थात कदम चाल्नुपर्ने आवश्यकता रहेको छ भनेका छन ।