२०७८ बैशाख ८ , बुधवार

नेलम्बो नेपालद्धारा पोखराका ३ वटा विद्यालय र वडा कार्यालयलाई स्वास्थ्य सामग्रीहरु सहयोग

सुनाखरी न्युज/ पोखरा – पोखरा ४ गैह्रापाटन स्थित नेलम्बो नेपालले आज एक कार्यक्रमका बीच पोखरा महानगरपालीका वडा नं. ३ को कार्यालयमा एक कार्यक्रम आयोजना गरी श्री बाल मन्दीर माध्यमिक विद्यालय, ज्ञान भूमि माध्यमिक विद्यालय, कन्या माध्यमिक विद्यालय र वडा नं. ३ वडाकार्यालयलाई कोभिड १९ को विषम् परिस्थितिमा विद्यालयमा अध्ययन अध्यापन सञ्चालन गर्न मद्दत पुगोस् भन्ने हेतुले र वडामा नागरिक सेवामा खटिने कर्मचारीको मनोवल उच्च राखनको लागि थर्मल गन, पेडियाट्रिक माक्स, डिस्पोजिवल माक्स, केएन-९५ माक्स, फेस सिल्ड, सेनिटाइजर, हेण्ड फ्रि सेनिटाइजर, स्प्रे वोतल, हात धुने साबुन लगायतका स्वास्थ्य सामग्री नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले वडा अध्यक्ष रविन्द्र बहादुर प्रजु र विद्यालयका प्रधानाध्यापकहरु लाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो । त्यसै गरी वडाकार्यालयलाई पनि केही स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

 

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले नेलम्बो नेपाल कोभिड-१९ को समयमा दिनहुँ जसो विभिन्न कार्यक्रम लिएर जनसमुदायमा पुगेको र नेलम्बोको दायित्व पनि समुदायमा पुगि सक्दो सहयोग गरी हौशला बढाउने रहेको बताउनु भयो । नेलम्बो नेपालको नियमित कार्यक्रम शिक्षा, स्वास्थ्य र वातावरण रहेको र कोभिड—१९ को महामारीमा यी तीनै क्षेत्र मारमा परेको हुदाँ नेलम्बो नेपालले विशेष कार्यक्रमका साथ आफ्ना कार्यहरुलाई निरन्तरता दिई कोभिड—१९ रोगको रोकथाम, नियन्त्रण, व्यवस्थापन र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको बताउनु भयो । उहाँले शिक्षण संस्थामा परिवर्तन ल्याउनकोलागि शिक्षक, विद्यार्थी, अभिभावक रविद्यालय व्यवस्थापन समिति सवैको एैक्यवद्धतामा मात्र सम्भव रहेको औल्याउनु भयो ।

 

सो कार्यक्रममा बोल्दै वडा अध्यक्ष रविन्द्र बहादुर प्रजुले नेलम्बो नेपालको यो सहयोग पहिलो मात्र नभई यस वडामा पटक—पटक सहयोग गरेको प्रति आभार व्यक्त गर्नु भयो । उहाँले नेलम्बो जस्ता सक्रिय संघ संस्था संख्यात्मक रुपमा भन्दा पनि गुणत्मक कार्यमा लगनशिल हुने हो भने थोरै संख्याले पनि उल्लेखनिय कार्यगर्न सक्ने बताउनु भयो । उहाँले धन्यवाद दिँदै आगामि दिनहरुमा पनि नेलम्बो नेपालको प्रशंसनिय कार्यमा सहकार्य गर्ने बताउनु भयो । उक्त कार्यक्रममा बालमन्दिर माध्यमिक विद्यालयलाई रु ३०,९०० ज्ञानभूमि माध्यमिक विद्यालयलाई रु १६,००० , कन्या माध्यमिक विद्यालयलाई रु १५,८१५ र वडा कार्यालयलाई रु ७,२२५ रुपैया गरी जम्मा रु ६९,९४० रुपैया वरावरको स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिए । उक्त कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रमको स्वागत मन्तव्य श्री बाल मन्दीर माध्यमिका विद्यालयका प्रधानाध्यापक शुशिल बस्नेतले गर्नु भएको थियो भने कार्यक्रम संचालन वडा सचिवले गर्नु भएको थियो ।