२०७८ बैशाख ४ , शनिवार

ग्लोबल आइएमई बैंकद्धारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ सहयोग

सुनाखरी न्युज/ काठमाडौ – ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ ।

 

बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमका बीच नागरिक केयर सेन्टरका संयोजक पवनकुमार शारडालाई रु दुई लाखपचास हजारको चेक हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक केयर सेन्टरको भवननिर्माणको लागिआर्थिक सहयोग गरी सामाजिकउत्तरदायित्वनिर्वाह गरेको देख्दानिकै हर्षित भएको विचार व्यक्तगर्दै बैंकलाई धन्यवाद दिनुभयो ।

 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४१शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ।