२०७८ बैशाख ८ , बुधवार

टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको भोलि अन्तिमदिन

सुनाखरी न्युज/ काठमाडौ – नेपालका लागि टाटा मोटर्स्को आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प २०२० यही मंसिर २८ देखि ८ पौष गते सम्म संचालन भईरहेको छ। वर्तमान परिस्थितिलाई ध्यानमा राखेर यस वर्षको ग्लोबल सर्भिस क्याम्पस्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै, ग्राहक तथा कर्मचारीहरुलाई विशेष ध्यानमा राखी संचालन भईरहेको छ ।

 

सर्भिस सेन्टरपरिसर भित्र भिडभाड कम गर्न र भौतिक दुरी कायम गर्न सहजहोस् भनेर ग्राहकहरुलाई अग्रिमबूकिंगको पनि व्यवस्था गरिएको छ जहाँ ९८०१२२३३४४ मा Missed Call दिएर सजिलै अग्रिम बूकिंग गर्न सकिनेछ । आजको मिति सम्मकरिब ४९९० वटा भन्दा बढी टाटा कर्मशियल गाडीहरुले यस ग्लोबल सर्भिस क्याम्पको लाभ उठाईसकेको जानकारी पनि प्राप्त भएको छ।भोलि पौष ८ गते ग्लोबल सर्भिस क्याम्पको यो चरणकोअन्तिम दिन रहेको छ ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्पमा निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुख विशेषताहरु रहेका छन् । यस विज्ञप्ति मार्फत सम्पूर्ण टाटा कमर्शियल गाडीका सवारी धनीहरुलाई यसग्लोबल सर्भिस क्याम्पको पूर्ण फाइदा उठाउन हुन आग्रह गरेको छ ।

 

– नेपालअधिराज्यभरि ५० वटा सिप्रदीकाआधिकारिक सर्भिस सेन्टरबाट कमर्शियल गाडीका लागि एकै साथ आयोजित ।
– विश्वभरि ४५ भन्दा बढी राष्ट्र लगायत नेपालमा आयोजित गरिएको ।
– आजको मितिसम्मकरिब ४९९० वटा भन्दा बढी टाटा कर्मशियल गाडीहरुले लाभ उठाईसकेको ।
– निःशुल्कबम्पर टु बम्पर चेकअप देखि चालकहरूकालागिनिःशुल्क तालिम ।
– स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुट देखि हरेक दिन स्मार्टफोन जित्ने अवसर ।