२०७७ चैत्र ३१ , मंगलबार

नारायणकाजीलाई हटाएर नयाँ प्रवक्ता प्रदिप ज्ञवाली

सुनाखरी न्युज/ काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ। मंगलबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीपकुमार ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्।

 

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ। त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन्। नयाँ केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री ओलीले शपथग्रहण समेत गराइसकेका छन्।