२०७८ बैशाख ८ , बुधवार

नेकपाका अध्यक्ष ओलीद्वारा केन्द्रीय कमिटिमा ५५७ जना थप

सुनाखरी न्युज/ काठमाडौ – प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको केन्द्रीय कमिटी विस्तार गर्नुभएको छ । नेकपाको आज बसेको बैठकमा वर्तमान ४४६ जना केन्द्रीय कमिटिमा ५५७ जना थप गरि एक हजार तीन सदस्यीय केन्द्रीय कमिटी विस्तार गर्नुभएको हो ।

आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले केन्द्रीय कमिटी विस्तार गर्नुभएको प्रधानमन्त्रीका प्रेसबिज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । उहाँका अनुसार विस्तारित केन्द्रीय कमिटीमा सदस्यको संख्या एक हजार तीन पुगेको छ ।