२०७७ चैत्र ३० , सोमवार

न्युरोडबाट हुण्डी कारोबार गर्ने एक पक्राउ

सुनाखरी न्युज/ काठमाडौ – अवैध हुण्डी कारोबार गर्ने एक जना पक्राउ परेका छन्। प्रहरीले सोमबार काठमाडौं महानगरपालिका २२ न्युरोडबाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने धादिङ खनियाबास गाउँपालिका-३ का २५ वर्षीय बिर्ज तामाङ हुन्।

 

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले शंका लागेर तामाङमाथि खानतलासी गरेको थियो। त्यसक्रममा उनीबाट प्रहरीले १३ लाख ५ हजार रकम फेला पारेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए। उनका अनुसार उक्त नगद हुण्डी कारोबार गरी प्राप्त भएको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।