२०७८ बैशाख ८ , बुधवार

सुनको मूल्यमा सामान्य गिरावट

gold_down

सुनाखरी न्युज/ काठमाडौ -नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९५ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४ सय निर्धारण गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१५ रहेको महासंघले जनाएको छ ।