२०७७ चैत्र ३० , सोमवार

मानसिंह डोजोलाई कोरिया ओपन करातेमा ४ स्वर्ण

सुनाखरी न्युज/ काठमाडौ – नेपालको मानसिंह डोजोले १३ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते अनलाइन कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ। मानसिंहले थप १ रजत पनि हात पार्‍यो।

 

मानसिंहका लागि महिला यु–९ मा अनु मोक्तान र पुरुष यु–१२ मा युनिक राना मगरले स्वर्ण जिते। त्यस्तै १४–१५ वर्ष पुरुषमा अनिश मण्डल तथा महिलामा सविता तामाङले पहिलो स्थान हात पारेको मानसिंहका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय जज महेश महर्जनले बताए । महिला यु–१३ मा सविना तामाङले रजत जितिन्। मानसिंहका पाँचै खेलाडीले कुमुतेमा पदक जितेका हुन्। नेपालबाट प्रतिस्पर्धा गरेका अन्य खेलाडी आर्यन रन्जितले पुरुष यु–१० कुमुते मा स्वर्ण जिते।

 

सिनियर कातामा जमनसिंह गुरुङ पहिलो भए। जमन केहि वर्षएता दक्षिण कोरियामा बस्दै आएका छन्। एसकेडियुएनका रामनारायण श्रेष्ठले कांस्य, रोइता सिंहले रजत र उषा शर्माले कांस्य हासिल गरे । तीनैले एकल कातामा प्रतिस्पर्धा गरेका थिए।