२०७७ चैत्र ३० , सोमवार

कोरोना भाइरस नयाँ स्वरुपमा, भारतले लगायो बेलायती उडानमाथि रोक

सुनाखरी न्युज/ नयाँदिल्ली —

नयाँ स्वरूपको कोरोना भाइरसको जीवाणु बेलायतभर फैलिसकेको पुष्टि भएसँगै युरोपका अधिकांश मुलुकले सोमबार बिहानदेखि बेलायतसँगको हवाई उडानदेखि रेल सेवामा रोक लगाएका छन् । त्यसको केही घण्टामै भारतले पनि बेलायतसँग सिधा हवाई सम्पर्कमा उडानमा रोक लगाउने गर्ने निर्णय गरेको हो । भारतले अन्य युरोपेली मुलुकको अनुशरण गर्दै बेलायतसँग हवाई सम्पर्कलाई डिसेम्बर ३१ सम्मका लागि निलम्बन गरेको छ ।

भारतको नागरिक उड्डयन मन्त्रालयले सोमबार ट्वीट गर्दै औपचारिक रूपमा त्यससम्बन्धमा जानकारी गराएको हो । मन्त्रालयले मंगलबारदेखि डिसेम्बर अन्त्यसम्मका लागि बेलायतसँगको हवाई सम्पर्क अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको समेत जनाएको छ । त्यसैगरी बेलायतबाट भारत हुँदै अन्य मुलुक जाने हवाई यात्रुहरूलाई समेत पीसीआर परीक्षण अनिवार्य गरिएको छ । भारतको यो कदमले बेलायतबाट भारत हुँदै नेपाल यात्रा गर्ने नेपालीहरू पनि प्रभावित हुनेछन् ।