२०७७ चैत्र ३० , सोमवार

आउटरिच नेपाल बन्यो इसिआइ अवार्ड २०२० को विजेता

सुनारखी न्युज/ काठमाडौं – चिनको साङघाइमा यहि डिसेम्बर १६ देखि डिसेम्बर १८ सम्म आयोजना गरिएको इसिआइ ECI अवार्ड २०२० समारोहमा इसिआइ मार्केटिङ्ग इनोभसन अवार्ड आउटरिच नेपालले जितेको छ । यो अवार्ड आउटरिचले गरेको बेसिक ह्युम्यानिटी (Basic Humanity)  प्रचार अभियानको लागि प्राप्त भएको हो । आउटरिचले विश्वव्यापी रुपमा फैलिएको महामारीकै बीच सम्पूर्ण विश्व सीमित स्रोतहरुका साथ घरभित्र थुनिएर बस्न बाध्य भएको समयमा यो अभियान शुरु गरेको थियो ।

 

इसिआइ अवार्डको स्थापना इन्टरनेशनल इन्टरप्रिन्युयर्स, क्रिएटिभ्स एण्ड इनोभेटर्स एसोशिएसन  IECIA द्वारा गरिएको हो । इसिआइले नवीन सिर्जनाको प्रभावकारितालाई आधार बनाई विश्व भरिका डिजीटल बिज्ञापनहरुको तुलना गरि यो अवार्ड प्रदान गर्ने गर्दछ । उक्त समारोहमा आउटरिच नेपालको तर्फबाट अवार्ड ग्रहण गर्दै एशियन फेडरेसन अफ एडभरटाइजिङ्ग एसोशिएसन्स  AFAA का अध्यक्ष श्री रेमण्ड सोले अभियानको प्रशंसा गर्दै भन्नु भयो “म बेसिक ह्युम्यानिटी जस्तो प्रेरणदायी अभियानको लागि उजय र उन्को टिमलाई हार्दिक बधाई दिन चाहन्छु, जुन अभियानलाई विभिन्न देशहरुमा अत्यन्त सकारात्मक तवरमा ग्रहण गरिएको तथा स्वीकारिएको थियो । यो अभियान तात्कालिन परिप्रेक्ष्यमा अति नै सान्दर्भिक थियो । यो बेसिक ह्युम्यानिटी अभियानले समानुभूतिको सन्देशलाई अगाडी बढाएको थियो ।”

 

यसैगरी इसिआइ अवार्डका सभापति डाक्टर ओवेन जीयाले आफ्नो मन्तव्यको क्रममा भन्नु भयो “आउटरिच नेपाल टिमलाई बेसिक ह्युम्यानिटी परियोजनाको लागि यो प्रतिष्ठित इसिआइ मार्केटिङ्ग इनोभेशन अवार्ड जित्न सफल भएकोमा हार्दिक बधाई व्यक्त गर्न चाहन्छु । यस कार्यले सीमा वा संस्कृतिको परिधिमा नरहि विश्वभरका मानिसहरुमा समान रहेको समस्याहरुलाई भावनात्मक रुपमा लक्षित गरेको छ ।” नेपाल विज्ञापन एजेन्सी संघ AAN का अध्यक्ष  रविन्द्र कुमार रिजालले आउटरिच टिमलाई यो उपलब्धिको लागि बधाई व्यक्त गर्दै भन्नु भयो अन्तर्राष्ट्रिय परिदृश्यमा यसप्रकारको सम्मान प्राप्त गर्नु नेपाली विज्ञापनहरुको लागि एक महत्वपूर्ण उपलब्धि हो । यसले मलाई हाम्रो विज्ञापनको भविष्य एक सकारात्मक दिशातर्फ उन्मुख भैरहेको छ भन्नेमा आश्वस्त बनाएको छ । म टिम आउटरिचलाई विश्वव्यापी मञ्चबाट अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरी हाम्रो देश र यस क्षेत्रमा क्रियाशील हामी सबैलाई गौरवान्वीत गराएकोमा पुनः बधाई ज्ञापन गर्न चाहन्छु ।

 

आउटरिच नेपालका संस्थापक तथा प्रबन्ध निर्देशक  उजय शाक्यले आफ्नो खुशी व्यक्त गर्दै भन्नु भयो “हाम्रो देशको आफ्नै किसिमको मौलिक सृजनात्मक शैली छ । अन्तर्राष्ट्रिय बिज्ञापन मात्र मन छुने खालका हुन्छन्, नेपाली बिज्ञापनमा त्यो खालको स्तर छैन भन्ने आलोचकहरुको लागि यो अवार्ड नै एउटा उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ । सारा विश्व सिमित स्रोत तथा खुम्चिएको आम्दानीका साथ घरभित्र बन्द भएको बाध्यात्मक परिस्थितिमा आफुले बनाएको ब्यन्जनको आकर्षक तस्विर सामाजिक सन्जालमा राख्नु उचित हुदैन भन्ने हामीलाई लागेर एउटा सानो पहलको थालनी गरेका थियौं जसमा हामीले त्यसरी परिकार प्रस्तुत गर्ने प्रयोगकर्ताहरुलाई सामाजिक सञ्जालमा त्यसप्रकारको व्यञ्जन नराख्न आग्रहका साथ बेसिक ह्युम्यानिटी अभियान अघि बढायौं, जसलाई विश्वभरि रुचाइयो । यो अभियान शुरु गर्दा हाम्रो चाहना हरेक ब्यक्तिले अर्को ब्यक्ति प्रति सहानुभुति भाव राखोस् भन्ने थियो र यसमा एकमात्र ब्यक्तिको हृदय छुन सकेपनि हामी एक प्रभावकारी एजेन्सीको रुपमा आपूmलाई स्थापित गर्ने तर्पm अग्रसर हुनेछौं भन्ने थियो ।”

 

सम्भवतः नेपालबाट पहिलो पटक ’बेसिक ह्युम्यानिटी’ अभियानको प्रारम्भ भएको थियो र पछि विभिन्न ६ राष्ट्रहरुले स्वस्पूmर्त रुपमा ८ भिन्नभिन्न भाषामा अनुवाद गरेर प्रकाशन गरेका थिए ।