२०७८ बैशाख ३ , शुक्रवार

प्राइम बैंकले १५ प्रतिशत बोनस दिने

सुनाखरी न्युज/ काठमाडौं – प्राइम कमर्सियल बैंकले अर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनिलाई बोनस दिने भएको छ । सोमबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनिलाई १५ प्रतिशत बोनस शेयर दिने भएको हो ।

 

१३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ चुक्तापुँजी भएको बैंकका शेयरधनिले उक्त बोनस नेपाल राष्ट्र बैंकले अनुमति र साधारणसभाले पारित गरेपछि पाउनेछन् । बोनस शेयर जारी भएपछि चुक्तापुँजी १६ अर्ब रुपैयाँ पुग्नेछ ।