२०७७ चैत्र ३१ , मंगलबार

प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।