२०७७ चैत्र ३० , सोमवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ९४ सय ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

 

त्यसैगरी, सोमबार चाँदी प्रतिताेला ४० रुपैयाँले एक हजार ३ सय २० रूपैयाँमा कारोबार महासंघले जनाएकाे छ । आइतबार चाँदी प्रतिताेला एक हजार २ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।