२०७८ बैशाख ८ , बुधवार

कास्की काँग्रेसले प्रदर्शन गर्दै

सुनाखरी न्युज/ पोखरा – असंवैधानिक, अलोकतान्त्रिक संसद विघटन विरुद्व कास्की काँग्रेसले पोखरामा सोमबार प्रदर्शन गर्ने भएको छ । अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔं, सर्वसत्तावाद विरुद्व एकजुट होऔं भन्ने मूल नाराका साथ प्रदर्शन गर्न लागिएको हो ।

 

कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरेका छन् । सोमबार दिउँसो १ बजे पोखरा चिप्लेढुङ्गास्थित पार्टी कार्यालयबाट शुरु हुने प्रदर्शन महेन्दपूलमा पुगेर विरोध सभामा परीणत हुने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।