२०७८ बैशाख ४ , शनिवार

‘प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक’, संसद विघटनको सशक्त प्रतिवाद गर्ने तीन दलको निर्णय

सुनाखरी न्युज/ काठमाडौं ।

संसद विघटनको तीन दलले संयुक्त प्रतिवाद गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका हुन् । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आइतबार साँझ तीन दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको काँग्रेस नेता डा. मिनेन्द्र रिजालले जानकारी दिए ।

‘प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक हो । यसको सशक्त प्रतिवाद गर्ने र फिर्ता गराउने सहमति भएको छ’ नेता रिजालले भने, ‘साझा धारणा बनाएर अघि बढ्ने विषयमा थप धारणा बनाएर अघि बढ्ने निर्णय भएको छ ।’

बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम पनि असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष पनि निकालेको छ । बैठकमा नेकपाका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ तथा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचे