२०७७ चैत्र ३० , सोमवार

प्रधानमन्त्री ओलीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि ओलीले आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको हो । आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तसँग मध्यावधिक निर्वाचनबारे छलफल भएको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल लगायत सहभागी हुनुहुन्छ । आइतबार दिउँसो वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधिक निर्वाचन गर्ने घोषणा भइसकेको छ ।