सुनाखरी न्युज
काठमाडौँ — सरकारले संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम आइतबार दर्ता गराएको छ । मंसिर ३० गते ५ बजे बैठकले संवैधानिक निकायहरूमा नामहरू सिफारिस गरिएको हो । उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए ।
संवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई तथा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरको नाम सिफारिस गरिएको छ । कुन आयोगमा को सिफारिस गरिएका छन् रु