२०७७ चैत्र ३० , सोमवार

७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा (पत्रसहित)

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिनु भएको हो ।

 

उहाँहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिनु भएको हो । “राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिउको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,” उहाहरुले भन्नुभएको छ ।