२०७७ चैत्र ३१ , मंगलबार

संवैधानिक निकायमा सिफारिस गरिएका ४५ जनाको नाम संसद्‍मा दर्ता

सुनाखरी न्युज/ काठमाडौं – सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएका सफारिस संसद्‍मा दर्ता गराएको छ । संसद् स्रोतका अनुसार आइतबार दर्ता गरिएको चिठीमा मिति भने अगाडिको राखिएको स्रोतले बताएको छ ।

 

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयका सचिवले दर्ता गराएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त पदमा प्रेमकुमार राई, जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ । अख्तियारको प्रमुख आयुक्त सिफारिस गरिएका पूर्व गृहसचिव राई प्रधानमन्त्री ओली निकट हुन् भने चन्द कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन । संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वतस् नियुक्त हुने प्रावधान छ ।

 

राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद् बैठकमा ३ जना उपस्थित भएर २ जनाले सिफारिस गर्ने सक्ने प्रावधान राखिएको थियो । नेकपा स्थायी कमिटीले यो अध्यादेश फिर्ता लिने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका छैनन् ।