सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८५० निर्धारण गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२८० रहेको महासंघले जनाएको छ ।