२०७८ बैशाख ४ , शनिवार

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

सुनाखरी न्युज/ काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले १८.५०% लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३% बोनस सेयर र ५.५०% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले यसपटक १ अर्ब ८५ करोड २३ लाख ६४ हजार ८५ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ७८ करोड ३६ लाख ९२ हजार ४९८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

 

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष इन्भेष्टमेन्टले १०.५% बोनस सेयर र ८.५% नगद लाभांश गरी १९% लाभांश वितरण गरेको थियो ।