२०७७ चैत्र ३१ , मंगलबार

कृषि विकास बैंकको अगुवाइमा नेपाल बैंकको समेत सहवित्तियकरण अन्र्तगत कुखुरा फार्मलाई कर्जा प्रदान

सुनाखरी न्युज/ काठमाडौं – करीव दुई अर्व लगानीमा ६ लाख लेयर्स कुखुरा फार्म, बायो ग्यार अर्गानिक मल उत्पादनगर्ने उद्देश्य सहित स्थापना हुने जनकपुर एग्रो फार्मका लागि कृषि विकास बैंक लि. को अगुवाइमा सहवित्तीयकरण कर्जा अन्तर्गत नेपाल बैंक लि. सहितको कर्जा प्रवाहका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय,नेपाल बैंक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र उक्त फार्मका अध्यक्ष खुमा प्रसाद अर्याल समेतको उपस्थितिमा SLA सम्झौता सम्पन्न भएको छ ।

 

उक्त कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक प्रताप सुवेदी, विभागीय प्रमुख बाबु काजी थापा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कर्जा लगानीबाट जनकपुर धनुषाधाम लगायतका पूर्वी क्षेत्रमा कुखुराको मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर हुन गई आयत प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ ।