२०७८ बैशाख ८ , बुधवार

केपीको गोलघर भित्र हुँदाको अडान र दम्भ

प्रेम चौलागाई – २०४६ सालको कुरा हो। मरिचमान सिंह प्रधानमन्त्री थिए। पंचायत नीति तथा जाँचबुझ समिति मा वल्लभ माणि दहाल थिए। दुवै संग मेरो सम्बन्ध राम्रो थियो। फेरी म पंचायतवादी विद्यार्थी संगठनको नेतृत्वमा थिएँ। त्यसबेला कांग्रेसले पचायतविरोधी आदोलनको तयारी गर्‍यो । त्यसलाई कम्युनिष्टले साथ दिने कुरा व्यापक थियो। त्यसवेला यि दुवै शक्ति मिल्न नदिन एउटा रणनीति तयार भयो। जेलमा भएका कम्युनिष्टहरुलाई छोड्ने र कांग्रेसलाई एक्ल्याउने ।

 

त्यसै सिलशिलामा मलाई प्रधानमन्त्री मरिचमान ले र बल्लभ मणि दहालले सल्लाह गरेर अत्यन्तै गोप्य रूपमा खङ्‌ग ओली र राधाकृष्ण मैनालीलाई भेट्न पठाउनु भयो । तपाईहरुलाई जेलवाट निकाल्न सरकार तयार भएको छ तर तपाईले पचायतविरोधी आन्दोलनमा कांग्रेस संग सहकार्य नगर्ने सर्तमा भन्ने छ भनेर भेट्न जेलमा गएको थिए। पहिला राधाकृष्ण मैनालीलाई भेटे। वहाँले यसको जवाफमा भन्नु भो – पहिला निस्कौ । साथीहरु संग सल्लाह गर्छु। मैले मात्र भनेर हुदैन तर मेरो भूमिका भने रहन सक्छ। कांग्रेस संग संगै जाने जुन कुरा छ पार्टीले त्यसलाई रोक्ने छ । यो विदेशीको खेलमा हामी सहभागी हुँदैनौ नै भन्नु भो।

 

अनि फेरी खड्ग ओलीलाई यही कुरा लिएर गएर भेटे। भेट्न प्रधानमन्त्रीले पठाएको भन्ने समेत बताउँदै नीतिगत कुरा सुनाएँ। ओलीले जवाफमा भन्नु भो प्रेम जी भेट्न आउनु भो धन्यवाद छ । १४ वर्ष त जेल मै वितो ।बाँचे भने अरु १४ बर्ष जेल मै बिताउँछु। तर पंचायतलाई सहयोग गर्न कुनै प्रलोभनमा फस्ने मेरो रुची छैन । जुन आरोपमा थुनिएको छ म निर्दोष छु। न्याय होस। तर यस्ता निम्छरा कुरा लिएर नआउनु होला। कस्ले को संग संगै आन्दोलन गर्दैछ त्यो पनि मलाई सोधेको पनि छैन र थाहा पनि छैन। म आन्दोलनको विरुद्ध प्रयोग हुन्न यति भन्दिनु भनेर पठाउनु भो। जेलर समेत नराखी जेलरको कोठामा कुरा गर्ने वातावरण वागमती अंचलाधिशले मिलाएको थियो। त्यो कुरा फर्केर सिधै प्रधानमन्त्री कार्यालयमा लिएर गए। प्रधानमन्त्रीलाई भेटेर वेली विस्तार सुनाए। त्यसपछि राधाकृष्ण वाट केही सकरात्मक कुरा आएको ठानि वहाँलाई जेल मुक्त पहिले गरियो।

 

वारम्वार वहाँ संग विभिन्न ढंगले वार्ता चलाईयो। तर आन्दोलनमा माले सहभागी भयो। खड्ग ओलीको कुरा कतै पनि गलेको सम्झौताको गन्ध नै नभएकोले उहाँलाई जेल बाट निकाल्न चाहेन पंचायतले । आज मैले यो कुरा ३१ बर्ष पछि किन लेख्दै छु कि प्रधानमन्त्री खडग ओलीको अडान सबैलाई जानकारी होस । विशेष गरेर प्रचण्डलाई यो कुरा हेर्न सुझाव दिन्छु। यसबाट सहजै अनुमान लगाउन सक्नु हुन्छ ओलीको अडान । बाँकी तपाईको मर्जी ।