२०७८ बैशाख ३ , शुक्रवार

ओलीको अयोग्यता र अहंकारसँगै नेकपाको वैधता सकियो : गगन थापा

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी ओलीको अहंकार र अयोग्यता सँगै नेकपाको वैधता सकिएको कांग्रेस नेता गगन थापाले बताएका छन् । ओली पहिलेदेखि नै संविधानप्रति बफादार नरहेको बताउँदै त्यसको अहिले पुष्टि भएको बताए ।“हामीले संविधान बनाउँदै गर्दा एउटै पार्टीभित्रको झगडाले मध्यावधिमा जाने कल्पना गरेनौं । यो कदम असंवैधानिक देखिन्छ,” थापाले भने, “हामीले प्रधानमन्त्रीको नालायकीको अयोग्यताको बारेमा कुरा गर्दा यो संविधानप्रतिको प्रतिवद्धताका बारेमा पनि कुरा गर्नुपर्छ । ओली अहंकारी र अयोग्यता मिसिएका व्यक्ति हुन् ।

 

आफ्ना लागि जे पनि गर्न सक्छन् भन्ने देखिन्छ । आजको मितिबाट प्रधानमन्त्रीसँगै नेकपाको पनि वैधता सकियो । जे सुकै भए पनि नेकपाले पाएको म्यान्डेट र बैधता सकियो । जनताले नेकपालाई प्रचण्ड बहुमत दिए । त्यो गलत सावित भयो ।”