सुनारखी न्युज/ काठमाडौँ —
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
बैठकका लागि मन्त्रीहरुलाई केही बेरअघि मात्रै खबर गरिएको र एजेन्डाबारे जानकारी नभएको एक मन्त्रीले बताए ।आइतबार बिहान सवा १० बजे बालुवाटारमा बैठक सुरु भएको छ ।
यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।