२०७७ चैत्र २९ , आइतवार

कस्ताे नेतृत्व भएमा त्याे पार्टीले शिखर चुम्छ ?

गाेपी ढकाल – कुनैपनि पार्टी हाक्न सक्षम नेतृत्वका लागि इच्छाशक्ति सहितकाे चार वटा गुणहरू अपरिहार्य हुन्छ । १ – नेतृत्व चिन्तक हुन्छ त्यसैले नेतृत्व गर्ने व्यक्ति चिन्तक हुनु पर्दछ । चिन्तकमा दर्शन , साहित्य , इतिहास , अर्थशास्त्र , तर्कशास्त्र र राजनीतिको गहिराे अध्यन हुनु पर्दछ । चिन्तक बन्ने कुराे रहरले हुने हाेइन …. जाे बाहिरी वातावरण पाएर फस्टाउछ अनि उजागर हुन्छ । एउटा चिन्तकले मात्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिकाे सही मुल्यांकन गर्न सक्छ र देश , जनता , आफ्नाे पार्टी र त्यसमा अहाेरात्र खट्ने कार्यकर्ता हरूकाे भविष्यका लागि जायज निति हरू तय गर्न सक्दछ ।

जाे चिन्तक छ उसले व्यक्तिगत जीवन भन्दा , व्यक्तिगत कुरालाई भन्दा देश , पार्टी भित्रका तमाम कार्यकर्ता अनि जनताकाे सेवा गर्ने विचार लाई प्राथमिकतामा राख्दछ । भराेसा सहितकाे आदर्श उसका लागि सर्वाेपरी हुन्छ किनभने उ दुरदर्शी हुन्छ । चिन्तक दुरदर्शी हुन्छ , ठूलो मन ( Large minded ) काे हुन्छ त्यसैले निजी स्वार्थ भन्दा पराेपकार उसकाे ध्येय हुन्छ । त्यसकारण उसले व्यक्तिगत जीवनलाई भन्दा सार्वजनिक जीवनलाई प्राथमिकताका साथ महत्व दिएकाे हुन्छ । जाे चिन्तक छैन किन्तु ढाेल न ढ्यांग्राकाे रिठ्ठे झांक्री उफ्रे झैं उफ्रदै नेतृत्व गर्ने मान्छेले उसका आखा अगाडिको सानाे पात नै हिमालय पर्वत भन्दा ठूलाे देख्न थाल्छ । किनभने आफ्नाे अगाडि र नजिक परेपछि स्वार्थकाे सानाे पातले पनि परकाे ठूलाे गन्तव्य हिमालय पर्वत लाई छेकिदिन्छ ।

 

जाे मान्छे चिन्तक हुदैन उसकाे निजी स्वार्थका अगाडि मुद्दा , एजेन्डा र मानवीय हितकाे कुरा उसले बिर्सिदिन्छ । तर जाे चिन्तक हुन्छ उ दुरदर्शी हुन्छ अथार्थ टाढाकाे कुरा उसले देखेकाे हुन्छ । त्यसकारण उसका लागि नजिककाे सानाे पात , निजी स्वार्थ र सत्ता .. …. टाढाकाे गन्तव्य हिमालय पर्वत अथार्थ मुद्दा र एजेन्डा भन्दा ठूलाे हुदैन । बरू आफ्नाे मिसनका लागि नेल्शन मण्डेला झैं जेल बस्न र देङ सियाअाे पिङ जस्तै कठाेर श्रम शिविरमा काम गर्न पनि उ तयार हुन्छ ।

( २ ) नेतृत्व कुशल संगठक हुन्छ :– किनकि विचार , मुद्दा र एजेन्डालाई कार्यान्वयन गर्न कार्यकर्ता चाहिन्छ । तर कार्यकर्ता तब मात्र बन्न सक्छन …. जब नेता संग संगठन गर्ने काैशल र क्षमता हुन्छ । किनकि विचार , मुद्दा र एजेन्डामा कार्यकर्ता हरूलाई गाेलबन्द गर्दै दृढ एवम् अनुशासित कार्यकर्ताकाे दह्रो संगठन निर्माण पछि मात्र कुशल संगठकले नेतृत्व गरेकाे पार्टी एउटा शक्ति बन्छ ।

किनभने कुनैपनि पार्टीको मुद्दा र एजेन्डा जनतामा पुर्‍याउने माध्यम भनेकाे कार्यकर्ता नै हुन भने पार्टी इतिहासको निर्माण गर्ने चालक शक्ति भनेकाे पनि कार्यकर्ता नै हुन तर त्यस्ताे पार्टीका कार्यकर्ता हरू कस्ता हुनु पर्दछ ? सही विचारले प्रशिक्षित हुनु पर्दछ । जनता संग निकट सम्बन्ध भएका अनि बुद्धिमता पूर्ण नेताले नेतृत्व गरेकाे पार्टी द्वारा परिचालित कार्यकर्ता । त्यसैले कुशल सांगठनिक क्षमता बिना माथि उल्येखित कुराहरू गर्न सम्भव हुदैन । यसैकारण नेतृत्व गर्ने नेताले अाफु एउटा कुशल संगठक पनि बन्नु पर्दछ ।

 

३ ) निरन्तरता :- कुनै पनि पार्टीका लागि राजनीतिमा हुलका हुल कार्यकर्ता जन्माउन र जनताकाे विश्वास जित्न तुरुन्तै सकिन्न । त्यसका लागि नेतृत्वले इच्छाशक्ति सहित निरन्तर सत्कार्यमा लागिरहनु पर्दछ ….. जनविश्वास प्राप्त गर्न हतारिएर हुदैन । किनकि अहिंसा परमाेधर्म काे बाेर्ड बाहिर झुण्डाएर भित्र भित्रै खसी काट्ने कसाई चरित्रका नेता भनाउदा हरूकाे ठगाई बाट आजित भएका जनता र कार्यकर्ता हरूकाे विश्वास सहित मन पगाल्न त्यति सजिलाे हुदैन । जनता र कार्यकर्ताकाे विश्वास प्राप्त नभई नेतृत्व स्थापित हुदैन । त्यसैले लामाे समय सम्मकाे राजनीतिक अभ्यास , अनुभव र भराेसाले मात्र जनताकाे विश्वास जित्न सकिन्छ ।

त्यसरी सही नेतृत्व र वैचारिक रूपमा प्रशिक्षित र संगठित रूपमा गाेलबन्द कार्यकर्ता भएपछि पार्टी निर्माण र विस्तारमा त्याे भाैतिक शक्ति बन्न जान्छ । यसका लागि नेतृत्व गर्ने नेताकाे राजनीतिक भराेसामा निरन्तर रहेकाे हुनु पर्दछ । किनकि कुनैपनि नेता भराेसा सहित राजनीतिमा निरन्तर लागिपरेकाे छैन भने जनविश्वास प्राप्त गर्न कठिन हुन्छ र जनविश्वास बिना सफल नेता बन्न सकिन्न ।

४ ) इमानदारीता :- कुनैपनि पार्टीको नेतृत्व गर्ने नेताले देश ,जनता , आफ्नाे पार्टी र त्याे पार्टीका कार्यकर्ता प्रति सधैं बफादार हुनै पर्दछ । honesty बिना loyalty हुदैन । त्यसैले इमानदारीता भनेकाे कुनैपनि पार्टीका नेताका लागि ठूलो सम्पत्ति हाे । त्यतिमात्र हाेइन नेतृत्व गर्ने नेताले आफु सारथी बनेकाे पार्टीमा जस्ताे सुकै संकट आअाेस वा कुनै राम्राे अवसर नै आएपनि ती हरेक अवस्थामा आफुलाई जनताकाे हितमा , विचार र मुद्दाका पक्षमा चट्टानी भएर उभिन सक्नु पर्दछ । किनकि नेतृत्व तहमा पुगेका नेताका सामु थुप्रै संकट मात्र हाेइन …. अवसर हरूपनि आउन सक्छन तर आफुले अघि सारेकाे विचार , मुद्दा र एजेन्डाकाे लक्ष्य चुम्न कठाेर यातना सहित चाहे नेल्शन मण्डेला जस्तै जेल बस्नु परेपनि वा देङ सियाअाे पिङ झैं श्रमशिविरमा काम गर्नु परेपनि आफ्नाे अठाेट र निष्ठामा अविचलित रहन सक्नु पर्दछ ।

यसरी निष्ठामा रहेर कुशल संगठक बनेर देश र जनता प्रति सधैं बफादार रहेकाे देखेपछि त्यस्ताे नेतृत्व प्रति कार्यकर्ताले मात्र हाेइन …. आम जनताले समेत अघात विश्वास गर्न थाल्छन । त्यसरी जब लाखाैं लाख जनताले विश्वास गर्न थालेपछि कुनैपनि पार्टीको नेता नेतृत्वका लागि अद्वितीय बन्न सक्छन । त्यसपछि तिनै अद्वितीय नेताकाे हरेक विचारमा व्यापक जन समर्थन प्राप्त भएपछि त्याे अदम्य शक्तिमा परिणत हुन्छ र त्यहीँ शक्तिनै परिवर्तनको वाहक बन्ने हाे ।याे संगै हरेक पार्टीका कार्यकर्ता चाहान्छन …. आफ्नाे नेता र कार्यकर्ता बिचकाे सम्बन्ध भनेकाे माछा र जलासय जस्तै अन्याेन्याश्रित सम्बन्धकाे सुमधुर हाेस । हरेक कार्यकर्ताकाे चाहना हुन्छ … नेता र कार्यकर्ता बिचकाे सम्बन्ध भनेकाे मालिक र दास जस्ताे हाेइन विचारका सहयाेद्वा तथा मुद्दा र एजेन्डाका सहकर्मी बुझेर तत् – तत् अनुसारकाे व्यबहार हाेस । माथि उल्येखित चारवटा गुण भएकाे नेताले नेतृत्व गरेकाे पार्टी प्रति जनताले आखा चिम्लेर विश्वास गर्छन । त्यसपछि ढिलाे चांडाे भएपनि अवश्य नै राष्ट्रले निकास पाउंछ ।

 

हाे , माथि उल्येखित चारवटा गुण विद्यमान रहेर पनि कहिले कहिले भुलवस , कहिले अन्जानमा र कहिले परिबन्दमा परेर नेतृत्व बाट गल्ती वा त्रुटि हुन सक्छ । किनकि भगवान बाट पनि भुलवस गल्ती भएका उदाहरण शास्त्र हरूमा नै लेखिएकाले मान्छे बाट कहिल्यै पनि गल्ती हुदैन भन्नु अज्ञानता नै हाे । किनभने याे ब्रह्माण्डकै रचयिता ॐकार स्वरूप महादेव बाट पनि भुलवस अाफ्नै छाेरा नचिनेर शिर भस्म गर्दिनाले पछि हात्तीको टाउकाे जाेडेर गणेशलाई जीवित गर्नु पर्‍यो । मर्यादा पुर्षाेत्तम भगवान श्रीराम लाई सुनकाे मृग हुदैन भन्ने के ज्ञान थिएन ? तर भुलवस भनाैं वा सीताका कारण जबर्जस्ती परिबन्दमा परेर मृग मरीचिका पछि दगुर्दा रावणले सीता हरण गरेर लग्याे अनि पत्नी वियाेग सहदै बांदरकाे सहयाेग खाेज्नु पर्‍यो । त्यसैले कहिले भुलवस , कहिले अज्ञानताले र कहिले श्रीरामले झैं परिबन्दमा परेर गल्ती हरू हुन्छन , त्याे मानवीय स्वाभाव नै हाे तर त्यस्ताे भुल , अज्ञानता र परिबन्द बाट भएका गल्ती र त्रुटिलाई स्विकार गर्दै र त्यसबाट पाठ सिक्दै इमानकाे जगमा उभिएर मानवतावादी चरित्र र अाचरण लाई राजनीतिक जीवनकाे आधार स्तम्भ बनाउन सकेमा केही समय कष्टकर हाेला तर आउदाे दिन सुखमय हुनेछ ।

 

अन्तमा लेख्नु पर्दा पार्टीको जन्म संगै प्राकृतिक जीवनकाे प्रयाेगशाला बाट खारिदै अाेखलमा टाउकाे राखेर मुसल संग समेत नडराउने भई निस्केका कार्यकर्ता हरूलाई गुटकाे स्वार्थ बाट पृथक राख्दै हरेक व्यक्तिले आफ्नै प्रयासमा पूर्ण रूपमा जीउन पाउने अधिकारका पक्षमा नेतृत्वले उभिन सक्नु पर्दछ । त्यसपछि अल्पजन हिताय र अल्पजन सुखायकाे संकिर्ण घेरा ताेडेर बहुुजन हिताय र बहुजन सुखायकाे फराकिलो मान्यता बाेक्दै अघि बढ्न सके तिनै नेताले अदम्य शक्ति प्राप्त गर्न सक्छन । किनकि वर्तमान भयावह अवस्था बाट आजित भएका जनताले रामेकाे विकल्पमा श्यामे हाेइन ….. वर्तमान पद्धतिको विकल्प खाेजिरहेका छन । त्यसैले विशाल छाती लिएर सबैकाे अविभावक बनी अघि बढ्ने हाे भने इतिहासले माैका दिन्छ ।

( लेखक :- सम्बर्द्धन वादका पक्षमा अनवरत रूपमा कलम चलाउने राप्रपाका केन्द्रीय सदस्य हुन )