२०७८ बैशाख ४ , शनिवार

नेपाली सेनाद्वारा उदयपुरमा ग्रीन हाउस निर्माण

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली सेनाले भुतपूर्व सैनिकहरुको आय आर्जन बृद्धिको लागि उदयपुरमा ग्रीन हाउस निर्माण गरेको छ । मौसमी तथा बेमौसमी विभिन्न किसिमका तरकारी खेती गरी भूतपूर्व सैनिकहरुको आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले त्रियुगा नगरपालिका वडा १३ असारीमा १० वटा ग्रिन हाउस निर्माण गरेको हो ।

 

नेपाली सेनाको सिघ्र प्रभाव आयोजना अन्तर्गत १० लाख बजेटमा ग्रीन हाउस निर्माण गरि भुतपूर्व सैनिक सहकारी संस्था उदयपुरलाई हस्तान्तरण गरिएको हो । ग्रीन हाउस एक कार्यक्रमविच सेनाको पूर्वी पृतनापती सन्तोष कुमार ढकालले सहकारी संस्थालाई हस्तान्तरण गरे । भूतपूर्व सैनिकहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्दै लैजाने उद्देश्यका साथ ग्रिन हाउस निर्माण गरेको पूर्वी पृतनापती ढकालले बताए । ग्रीन हाउसमा १२ महिना नै बेमौसमी तरकारी खेती गर्न सकिने जनाईएको छ ।

 

ग्रीनहाउसमा थोपा सिंचाइका लागि पाँचवटा मोटार जडित ट्याङ्किसहित अत्याधुनिक सिचाईको व्यवस्था गरिएको छ । भूपू सैनिक सहकारी संस्थाले २०७२ सालमा पाँच बिगाहा १० कठ्ठा जग्गा २१ वर्षका लागि भाडामा लिएर सो स्थानमा गाइपालन समेत गर्दै आएको छ । ग्रिनहाउस निर्माण भएपछि हरियो तरकारी तथा फलपूmलसमेत उत्पादन गर्ने योजना रहेको सहकारीका अध्यक्ष खड्गबहादुर चाम्लिङले बताए ।