२०७८ बैशाख ८ , बुधवार

भेटघाटले नेकपा भित्रको विवाद साम्य होला त ?

सुनाखरी न्युज/ काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुग्नुभएको हो ।

 

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच करिब ४५ मिनेट छलफल भएको छ । उहाँहरुको यो भेटघाट यस अघि हुने गरेको भेटघाटकै निरन्तरता रहेको कार्यकारी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताउनुभयो । उहाँले भन्नुभयो ‘यसअघि बालुवाटारमा छलफल हुन्थ्यो । यो अघिपछि भईरहेको छलफलकै निरन्तरता हो । विशेष अरु होईन । पार्टी एकतालाई कसरी बचाउने भन्ने विषयमै अध्यक्षहरुबीच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरिराख्नुभएको छ । अध्यक्ष प्रचण्डले प्रस्तुत राजनीतिक प्रस्ताव पार्टी कमिटीमा छलफल गरेर निष्कर्षतिर लान पहल, प्रयत्न गरिराख्नुभएको छ । यो निरन्तरताको छलफल हो । नेकपा भित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला छलफलका लागि प्रधानमन्त्री ओली पहिलोपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड निवास पुग्नुलाई नेकपा भित्र निकै चासो साथ हेरिएको छ । प्रचण्ड – नेपाल समुहले प्रधानमन्त्री र अध्यक्षमध्ये दुई पद छाड्न प्रधानमन्त्री ओलीलाई निरन्तर दबाब दिईरहेका छन् भने ओलीले दुवै पद नछोड्ने भन्दै नेताहरुलाई आफ्नो पक्षमा पार्न फकाउदै आउनुभएको छ ।

 

दुवै पक्षले आ–आफ्नो समुहको छुट्टाछुट्टै भेला राख्न थालिसकेका छन् । पछिल्लो पटक सम्वैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रकरणपछि नेकपाको विवाद झनै चर्किएको थियो । नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला छलफलका लागि प्रधानमन्त्री ओली पहिलोपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड निवास पुग्नुलाई नेकपाभित्र निकै चासोका रुपमा हेरिएको छ । अध्यक्ष प्रचण्डसँग छलफल गरेर ओली गृहमन्त्री रामबहादुर थापा बादलको निवास पुल्चोक पुग्नुभएको छ । पुल्चोकमा ओलीसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र कानुनमन्त्री शिवमायाँ तुम्बाहाम्फे पनि सहभागी हुनुभएको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न प्रधानमन्त्री ओलीलाई निरन्तर दबाब दिइरहेका छन् भने ओलीले दुवै पद नछोड्ने भन्दै नेताहरुलाई आफ्नो पक्षमा पार्न फकाउँदै आउनुभएको छ । दुवै पक्षले आ–आफ्नो समूहको छुट्टाछुट्टै भेला राख्न थालिसकेका छन् । पछिल्लो पटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपाको विवाद थप बढेको छ । नेकपाले पौष ५ गते स्थायी कमिटी र पौष १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।