२०७८ बैशाख ३ , शुक्रवार

चार्टर्ड एकाउन्टेन्सी कोर्षका विभिन्नतहहरुको परीक्षा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं-
नेपालचार्टर्ड एकाउन्टेन्ट्स संस्थाले कोभिड–१९ संक्रमणको बिषम् परिस्थितिमाचार्टर्ड एकाउन्टेन्सी कोर्षका विभिन्नतहहरु (CAP-I, CAP-II तथा CAP-III तह) को डिसेम्वर २०२० को परीक्षालिने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौ लगायतपोखरा, विराटनगर, विरगन्ज र बुटवलमा समेत संचालनभएको उक्तपरीक्षा डिसेम्वर ०८, २०२० देखि डिसेम्वर १८, २०२० सम्म संचालनभएको थियो ।
परीक्षामा सरकारले तोकेका कोभिड–१९ का मापदण्डहरुको पालनागर्दै संचालनगरिएको थियो । सवै परीक्षा केन्द्रहरुमा परीक्षार्थीहरुलाई तापक्रमजाँच गरेर मात्रप्रवेश गराइएको थियो भने अनिवार्य रुपमामाक्स र स्यानीटाइजर लगाउनुको साथैभौतिक दूरी कायम गरी परीक्षा संचालन गरीएको थियो ।उक्त परीक्षामा CAP-I तहमा १४०७ जना, CAP-II तहमा१९४१ जना तथा CAP-III तहमा ६२० जना परीक्षार्थीहरु उपस्थित भएका थिए ।