२०७८ बैशाख ४ , शनिवार

ज्योति विकास बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

सुनाखरी न्युज/ काठमाडौं – ज्योति विकास बैंकले शेयरधनीहरुका लागि १० प्रतिशत लाभांश घोषणा गरेको छ । विहीबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरी वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव पारसराज कँडेलले जनाएका छन् ।

 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव कँडेलले बताए ।