२०७८ बैशाख ३ , शुक्रवार

पाठकले वराल लाई दिए सामाजिक संजालमा मार्फत जवाफ

जनकराज पाठक – ०७७ पुस २ बिहीबार नयाँ पत्रिकामा प्रकाशित लोकराज बरालको राजतन्त्र कि लोकतन्त्र शिर्षक को लेख पढे पछि केहि प्रतिक्रिया जनाउदै छु। आसा छ उहा समक्ष यो प्रतिक्रिया पुग्नेछ।

१. राजतन्त्र र राजसंस्था नितान्त दुइ फरक चिज हुन।राजतन्त्र ले शाशन गर्छ भने राजसंस्था प्रजातन्त्र को परिधिभित्र एकताको प्रतिकको रुपमा उपस्थित जनाउछ।जसले प्रजातन्त्र लाइ थप वलियो वनाउन मद्दत गर्छ। बेलायत,स्पेन,नर्वे,स्विडेन ,जापान लगायत का देशहरूमा राजतन्त्र छैन केवल एकताको प्रतिक को रुपमा राजसंस्था छ।नेपालमा पनि राजतन्त्र हैन राजसंस्था को वहस चलेको छ।राजतन्त्र र राजसंस्था को विचको फरक नवुझ्ने तपाईं राजनिती शास्त्र को प्रकाण्ड विद्वान को चिन्तन लाइ के भन्ने।नेपाली जनता ले जाहेको राजसंस्था हो तन्त्र हैन।

२. नेपाल को राजसंस्था लाइ जर्मनीको नाजिवाद संग दाज्नु भनेक‍ो कुकुर र गाइमा फरक नदेख्नु हो वा खुट्टा चारवटा मात्र देख्नु हो।नेपाल को राजसंस्था ले २००७ सालमा जाहानिया राणा शाशन को विरुद्ध प्रजातन्त्र स्थापनार्थ राजगद्दी समेत दाउमा लगायको इतिहास ताजै छ।आजको नेपाल खडा गर्ने एकमात्र संस्था राजसंस्था हो। २०४६को राजनीतिक परिवर्तन को समयमा नेपाल लाइ भुटान हुनवाट जोगाउने संस्था पनि राजसंस्था नै हो।अझ ०६२/६३ को आन्दोलन पछि शान्तिपूर्ण रुपमा प्रजातन्त्र लाइ सहयोग पुराउदै विना रक्तपात पत्रकार सम्मेलन गरेर आफ्नो राजगद्दी र श्रीपेज नासो को रुपमा छोडेर शान्तिपूर्ण रुपमा देशभित्र नै जिवनयापन गर्ने गरि अगि वढेको संस्था पनि राजसंस्था नै हो।यो सत्य र यथार्थता लाइ नवुझि नेपाल को राजसंस्था लाइ नाजिवाद संग जोडन तपाईंको बौद्धिक दरिद्रता हो।

३. तपाईं ले मरिसकेको राजसंस्था भनेर लेख्नु भयछस्यो संसारमा आजका धेरै सम्पन्न देशहरूमा राजसंस्था हटेर फेरि फर्केका उदाहरण छन।त्यस्तो किन हुन्छ भने त्यो देशको ठोस आवस्यकता को परिवेश के हो रुत्यसमा भर पर्छ।नेपालको भौगोलिक अवस्था र नेपालमा राष्ट्रिय एकताको लागि साझा संस्था को रुपमा आज देशभरि राजसंस्था को पक्षमा आवाज उठिरहेको छ।सार्वभौम जनताको यो माग लाइ हिटलर को अनुयायी भनेर तुलना गर्ने आट तपाई मा कसरि आयोरु

४ . गणतन्त्र लाइ उच्चतम सिद्धान्त तपाईं भन्नु हुन्छ-कुन सिद्धान्त उच्चतम हो वा हैन त्यो देशको ठोस आवश्यकताको परिवेशमा त्यसले कत्तिको योगदान गरेको छ वा छैन त्यो संग जोडिन्छ । गणतन्त्र का नाममा आयका राष्ट्रपति हरुले २०अौ सताव्दि मा लाखौ मान्छे को नरसंहार गरेको र गणतन्त्र को नाममा एकदलिय फाष्सिट अधिनायकवाद कायम गरेको पनि तपाईं लाइ थाहा नहुने कुरै भयन । कुनै पनि सिद्धान्त ले त्यो देशको जनताको आकाक्षां लाइ कुनहद सम्म स्विकारेको छ मुल प्रश्न त्यो हो।

अन्तमा:आज तपाईंको उच्चतम गणतन्त्र को खेलौना भयको संविधान र नांगै मैदानमा आयका खेलाडी हरु देख्नु भयकै होला।यस्तो उच्चतम अभ्यास लाइ तपाईं के भन्नुहुन्छ रु पुर्वाग्रह पिडित देशको वास्तविकता भन्दा वाहिर रहेर सुगा रटाइले चलेका तपाईंका कलम र बौद्धिक मस्तिष्क लाइ दया सिवाय केहि गर्न सकिदैन। आसा छ तपाईंको आउदो लेखमा मेरा विषयहरु लाइ सम्वोधन गर्नु हुनेछ।धन्यवाद ।।