२०७८ बैशाख ४ , शनिवार

टीएमएस ब्यवस्थापन ब्रोकरलाई दिने नेप्सेको तयारी, ब्रोकरले एउटै कम्पनीबाट टीएमएस किन्न भने नपाउने

Nepse

सुनाखरी न्युज/ काठमाडौँ —

नेप्सेले टीएमएस ब्यवस्थापन ब्रोकरलाई दिने नेप्सेको तयारी गरेको छ । अनलाइन सेयर कारोबारमा लगानीकर्ताको खरिदबिक्री आदेश नेप्सेको मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सबै ब्रोकरले एउटै कम्पनीबाट किन्न नपाउने व्यवस्था हुन लागेको छ । टीएमएस व्यवस्थापन ब्रोकरलाई दिने तयारी गरेको नेप्सेले सिस्टम खरिदमा भने यस्तो व्यवस्था गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार टीएमएस व्यवस्थापन व्यक्तिगत ब्रोकरलाई दिन लागिएको र त्यसको तयारी अन्तिम चरण रहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ब्रोकरले सञ्चालन गर्ने टीएमएस प्रणालीमा उच्च गुणस्तर कायम होस् र सिस्टम आपूर्तिमा एउटै कम्पनीको एकाधिकार नहोस् भनेर यस्तो व्यवस्था गर्न लागिएको नेप्सेले जनाएको छ ।

‘ब्रोकरको सेवा प्रवाहलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन लागिएको हो,’ उनले भने, ‘तोकिएको मापदण्डअनुसार ब्रोकरले सफ्टवेयर खरिद गरी टीएमएस सञ्चालन गर्न दिइनेछ ।’

नेप्सेले तयार पारेको सूचनाप्रविधिसम्बन्धी नीति ९आईटी पोलिसी०मा यस्तो व्यवस्था छ । लकडाउनपछि मात्र नेप्सेको टीएसएसमा पटकपटक समस्या देखिएको थियो । सोही कारण नेप्सेले टीएमएस सञ्चालन र व्यवस्थापनको जिम्मा ब्रोकरलाई नै दिने गरी नीतिगत व्यवस्था गरेको हो ।