२०७८ बैशाख ८ , बुधवार

शहरी विकासमन्त्री कृणगोपाल श्रेष्ठलाई जनातको खबरदारी : पार्टी फुटाउन पाईदैन

सुनाखरी न्युज/काठमाडौं – खबरदार पार्टी फुटाउन पाइदैन , पार्टी फुटे अपार जनातको मन रुन्छ त्यसैले पार्टी फुटमा होइन जुटेरै अघि बढ्नुपर्छ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन खबरदारी गर्दै स्थानीयले सरकारको साखः जोगाउन आग्रह गरेका थिए । चन्द्रागिरी नगरपालिका १ वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुग्नुभएका मन्त्री श्रेष्ठलाई पार्टी फुटाउदा कार्यकर्ताको केही जादैन तर नेताको पद र सेवा सुविधा गुम्ने त होला नि भन्दै व्यङग गरेका थिए ।

 

सो क्रममा मन्त्री श्रेष्ठले पाटी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको बताउनुभयो । भन्नुभयो–तपाईहरु ढुक्क हुनुहोस, हामी कुनैपनि हालतमा पार्टी फुट्दैन, फुट्न पनि दिदैनौ । उहाले प्रधानमन्त्री केपी ओलीको सरकार पुरै अवधी टिक्नेछ । उहाले जनताको चाहना अनुसार विकास निर्माणको कामले तिब्रता लिएको उल्लेख गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताउनभयो । मैले तपाईहरुले उल्लेख गरेको विषयलाई पार्टीको उच्च तहमा पु¥याउने छु, जनताको भनाई सुनेपछि मन्त्री श्रेष्ठले भन्नुभयो–आम कार्यकर्ताको सहयोगमा बनेको सरकार र पार्टी कुनै पनि हालतमा फुट्न दिदैनौ । उहाले सरकार र पार्टीबिच कुनै असमझदारी नरहेको स्पष्ट पार्दैै उहाले यदी त्यसो हुन गए तपाईहरुले खबरदारी गर्नुपर्छ ।

 

कार्यक्रममा वागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडा र सो क्षेत्रको विकासका योजनाबारे जानकारी गराउनुभएको थियो । उहाले अबको समय विकास निर्माणको समय भएको बताउदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो–अहिलेको सरकारले विकासको कामलाई तिब्रता दिएको छ , यस्लाई निरन्तर रुपमा अघि बढाउनुपर्छ । स्थानीय निकायका पदाधिकारीले पनि विकास निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताउनुभयो ।