२०७८ बैशाख ४ , शनिवार

ठमेलका रात्रिकालिन डान्सबार, डिस्कोथेक र क्लब खुल्ने, ५० % ग्राहक राखेर १२ बजेसम्म खोल्न पाइने

सुनारखी न्युज/काठमाडौं।

ठमेलका रात्रिकालिन डान्सबार, डिस्कोथेक र क्लब खुल्ने भएको छ। सरकारले अनुमति दिएपछि ठमेलका रात्रिकालीन व्यवसाय मंगलबारदेखि संचालनमा आउने भएको छ। कोभिड-१९ का कारण ८ महिनादेखि बन्द रहेका ती व्यवसाय संचालन गर्ने निर्णय भएको ठमेल विकास परिषद्ले जनाएको छ।

मंगलबारदेखि पब, क्लब, दोहोरी, डान्सबार, डिस्कोथेक, लाउन्ज,बर्गर सप संचालनमा आउनेछन्। सरकारले ५० प्रतिशत ग्राहक राखेर रातको १२ बजेसम्म व्यवसाय संचालन गर्न अनुमति दिएको छ। सरकारको अनुमति अघि पनि केही क्लब र दोहोरी साँझ राती ९ बजेसम्म संचालनमा थिए। व्यवसाय संचालन गर्दा स्वास्थ्य मापदण्डका साथै प्रत्येक चाररचार घण्टामा डिस्इन्फेक्ट गर्नुपर्ने र प्रत्येक टेबल र
व्यवसायीहरुले रातको १२ बजेसम्म मात्र नभएर पहिलेको जस्तै रातभर संचालन गर्न पाउने माग गरिरहेको परिषदले जनाएको छ।