२०७८ बैशाख ३ , शुक्रवार

राजस्व संकलन उत्साहजनक, भन्सार महसुलमा भने कमी

सुनाखरी न्युज/ काठमाडौं।
चालु वर्षको ५ महिनामा आन्तरिक राजस्व संकलन उत्साहजनक देखिएको छ। ५ महिनामा आन्तरिक राजस्व १ खर्ब २९ अर्ब संकलन भएको हो। यो अवधिमा विभागले १ खर्ब ३३ अर्ब संकलन गर्ने लक्ष्य राखेको थियो।

राजस्व संकलन राज्यको महत्वपूर्ण निकाय आन्तरिक राजस्व विभागले मंसिर महिनाको राजस्व संकलन लक्ष्यभन्दा बढी उठाएको छ। विभागले २२ अर्ब १३ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २२ अर्ब ८२ करोड राजस्व संकलन गरेको हो।

मंसिर महिनामा सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर ९भ्याट० संकलन भएको छ। यो महिना विभागले लक्ष्यभन्दा १ अर्ब ६८ अर्ब बढी राजस्व संकलन गरेको छ। यो महिना ६ अर्ब ९२ करोड संकलनको लक्ष्यमा ८ अर्ब ६० करोड संकलन भएको हो।