२०७८ बैशाख ३ , शुक्रवार

मेगा बैंकले १३.०५ प्रतिशत र नेपाल बैंकले १६ प्रतिशत लाभांस दिने

सुनाखरी न्युज/ काठमाडौं।

नेपाल बैंक र मेगा बैंक नेपालले नाफाबाट लाभांस प्रस्ताव गरेका छन्। नेपाल बैंकले गत बर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लभांस प्रस्ताव गरेको छ। मेगा बैंकले १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ।

नेपाल बैंकले गत बर्ष २३ बर्षपछि लाभांस दिएको थियो। यसपाली पनि बैंकले लाभांसलाई निरन्तरता दिएको हो। गत बर्ष बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिएको थियो।

बैंकले गत आर्थिक बर्ष २ अर्ब २१ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु बर्षको पहिलो त्रैमासमा बैंकको नाफा १९ करोड ६४ लाख रुपैयाँ छ। बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड रुपैयाँ छ। जगेडा कोषमा १९ अर्ब ५७ करोड रुपैयाँ छ।

नेपाल बैंकको सेयर मूल्य तीन महिनायता ४१७ रुपैयाँसम्म पुगेको थियो। अहिले ३९९ रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल बैंकमा ५१ प्रतिशत सेयर सरकारको छ। ३.६४ प्रतिशत कर्मचारी सञ्चय कोषको, १.३५ प्रतिशत नुनकरण अग्रवालको र १.१५ प्रतिशत लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको छ।