सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन गर्ने भएको छ । पार्टीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बुधबार बसेको बैठकले भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान, सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको माग गर्दै जनप्रदर्शन र संघर्षको कार्यक्रम तय गरेको हो ।