२०७८ बैशाख ४ , शनिवार

एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म

सुनाखरी न्युज/ काठमाडौँ – एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफुलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअलप्लेटफर्ममा भेटाउने कामगर्दछ ।

एनसेलले आफ्नो हाल संचालनमा रहेको अभियान ‘अनपज’९३गलउबगकभ० अन्तर्गत यो सेवा संचालनमाल्याएको हो । यो अभियानले हालको विषम् परिस्थितीमाभविष्यको पुर्नविचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उदेश्य लिएको छ । एनसेलकाचीफकमर्शसियलअफिसर प्रदीपश्रीवास्तवले भने, “कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ । भर्चुअल रुपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामापनिअनलाइन नेटवर्कमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ । कार्यस्थलभन्दा टाढै बसेर पनिकाम गर्ने र रोजगारीकाअवसरहरु खोज्ने प्रवृतिमा बढिरहेको बेलामाकामको खोजिमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवाल्याउनपाएकोमा हामीहर्षित छौं । अर्थतन्त्रमाविस्तारै सुधार हुनथालेको बेलामा यो एनसेल जबसपले विषम परिस्थितीका बेलाकामगुमाएकालाई विभिन्न रोजगारीकाअवसरसँग जोड्ने अवसर प्रदानगर्दछ । कामको खोजीमा रहेका र रोजगारदातादुवै पक्षलाई एकै ठाउँमा भेट गराउने यो सेवाले ठूलो महत्वराख्ने विश्वास लिएका छौं ।”

 

महामारीको सबै क्षेत्रमाप्रभाव र धेरैले रोजगारीबाट बन्चित रहनु परेको बेलामाएनसेल जबसप रोजगारीकाअवसरको खोजिमा रहेका र आफ्नो कामकालागिजनशक्तिखोजि रहेकाहरुलाई एक उत्तम सेवाहुने विश्वास छ । हालको शुरुवातीअवस्थामाशारिरीक रुपमाकाम गर्ने श्रमिक÷कामदार र यस्ता जनशक्तिचाहनेले यो सेवाआफ्नै मोबाइलबाट लिन सक्नेछन् । कामको खोजिमा रहेका व्यक्ति र कामदिने व्यक्तिको आवश्यकताबीचप्रत्येक पटक मेल खाएपछि दुवै पक्षलाई एसएमएस मार्फत सन्देश प्राप्त हुन्छ । एनसेलको सेवाप्रयोग गर्ने र कामको खोजिमा रहेका जो कोहीश्रमिकवाकामदारले रोजगारी खोजिरहेको व्यक्तिका रुपमा यो सेवा सुचारु गर्न सक्छन् । सर्वप्रथमआफुले खोजिरहेको काम र आफ्नो दक्षताअनुसार प्रोफाइलबनाएर यो सेवा सुचारु गनुपर्ने हुन्छ । कामदार खोजि रहेका व्यक्तिले पनिआफ्नो आवश्यकताखुलाई प्रोफाइलबनाउनु पर्नेहुन्छ । जब–जब कामखोज्ने र कामदार खोज्नेको आवश्यकता सम्बन्धीपोस्ट मेल खान्छ तब एसएमएसमार्फत दैनिक रुपमादुवै पक्षलाई यो सम्बन्धीजानकारी जान्छ । यो सेवालिन इच्छुक ग्राहकले एस्ट्रिक्स१७१३७ह्यास डायल गरी वाएनसेलजबसप डट कम वेबसाइटमा गई दिइएको निर्देशनअनुसार कामदार वाकामदिने व्यक्तिले आफ्नो आवश्यकताअनुसार यो सेवा सुचारु गर्न सक्नेछन् । कामदिने व्यक्तिवा रोजगारदाताको लागि एउटा आवश्यकतापोस्ट गर्न कर सहित रु ६.३८ लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्ता सम्म रहनेछ ।

त्यसैगरी कामको खोजिमा रहेका ग्राहकले ३ दिन, ७दिन, १ महिना, ६ महिनावावार्षिक गरी विभिन्न समयसिमामा रहेर यो सेवा सुचारु गर्न सक्नेछन् । कामको खोजिमा रहेका व्यक्तिले कर सहित रु ३.८३ मा ३ दिनको प्याकखरिद गर्न सक्नेछन् र त्यसै अनुसार प्याकको समयसिमाभित्रउक्तकामदारको प्रोफाइल सक्रिय रहनेछ । ग्राहकले कर सहित रु ८.९४ मा७दिनको र कर सहित रु ३८.३१ मा ३० दिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् । अलि धेरै समयको लागि आफ्नो प्रोफाइल सक्रिय राख्नचाहने ग्राहकले ६ महिना र १२ महिना समयसिमा रहेको प्याक कर सहित मात्र रु १५३.२२ र २२९.८४ मा सुचारु गर्न सक्नेछन् ।  यहि अनपजअभियान अन्तर्गत एनसेलले यो भन्दा अगाडि महिलावर्गलाई लक्षितगर्दै आकर्षक गो सिम योजना ल्याएको थियो । यस अभियानअन्तर्गत एनसेलले आउने दिनहरुमा पनि ग्राहकहरुका लागि विभिन्न सेवा सुविधाहरु ल्याउनेछ ।