२०७७ चैत्र ३० , सोमवार

नेप्सेमा पहिलो दिन नै माउन्टेन इनर्जिको शेयर मुल्यमा ९.८८ प्रतिशतले वृद्धि

सुनाखरी न्युज/ काठमाडौँ – आजैबाट नेप्सेमा सुचिकृत माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर मूल्यमा भारी वृद्धि भएको छ । नेप्सेले माउन्टेन इनर्जीलाई पहिलो कारोबारका लागि न्युनतम ११४ रुपैयाँ ८१ पैसा देखि अधिकतम ३४४ रुपैयाँ ४३ पैसा सम्मको कारोबार रेन्ज प्रदान गरेको थियो ।

 

कारोबारको पहिलो दिनमै माउन्टेन इनर्जिको शेयर मुल्यमा ९.८८ प्रतिशतले वृद्धि भई ३७८ रुपैयाँ पुगेको छ । पहिलो दिनमा माउन्टेनको ५३ हजार ५० कित्ता सेयरको कारोबार भएको छ ।