सुनाखरी न्युज/ काठमाडौँ – नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज देखीलागू हुने गरी निःशुल्क डिम्याट खातात थानिःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ ।
यो योजना सीमित अवधिको लागि मात्र भएकोले आजकै मिति बाट एनआईबिएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंक लि. को देशभर रहेकाकुनै पनि शाखाकार्यालय मागई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सक्नुहुनेछ । यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयरदर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
एनआईबिएल एस क्याप्टिल लिमिटेड सँग आवद्ध भई आफ्नो प्रतिकृया तथा सुझावदिई सेवाप्रवाहमा सुधार ल्याउन मद्दत गर्ने सम्पूर्ण ग्राहकहरुलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहज रुपमा आफ्नो ग्राहकवर्गहरुलाई भरपर्दा सेवाहरु प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
थप जानकारीका लागि कार्यलयको आधिकारीक वेवसाइट www.niblcapital.com मा जानुहोस् ।