२०७७ चैत्र ३० , सोमवार

अध्यादेश विरूद्ध सर्वोच्च अदालतमा रिट दायर

सुनाखरी न्युज/ काठमाडौँ – सरकारले ल्याएको अध्यादेश विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। संवैधानिक परिषद सम्बन्धि अध्यादेशका विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गरेका हुन्। आफूले रिट दर्ता गरेको र प्रशासनिक कामहरु बाँकी रहेको अधिवक्ता अर्यालले जानकारी दिए।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकमा जानकारी नदिइकनै अध्यादेश ल्याएका थिए। प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी हुन्। जारी गरेलगत्तै प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जवरा सम्मिलिति परिषद बैठक बसेको थियो। यसअघि प्रधानमन्त्री एवम् परिषद अध्यक्ष सहित ५ जना उपस्थित हुनुपर्ने प्रावधान थियो। अध्यादेशमा प्रधानमन्त्री सहति ३ जना उपस्थित भए पुग्ने प्रावधान राखिएको छ।