२०७८ बैशाख ४ , शनिवार

प्रधानमन्त्रीले मागे नेकपा प्रमुख सचेतक गुरुङको राजीनामा

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन् । २८ मंसिरमा बसेको स्थायी कमिटीको बैठक लगतै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा मागेका थिए । ‘स्थायी कमिटी बैठक लगतै प्रधानमन्त्रीले बोलाउनु भयो र तपाईले प्रमुख सचेतकबाट राजीनमा दिनुस् स्रोतले भन्यो ।

 

जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गरेका थिए । ओलीले भने दलको नेता आफू विरुद्ध गतिविधि गर्दै हिँडेकाले राजीनामा मागेको बताएका छन् । गुरुङले भने पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वभाजिक भएको भन्दै राजीनामा दिन आवश्यक नदेखेको जवाफ दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिएका छन् । तर प्रचण्डले त्यसको प्रतिवाद गरेका छन् । पार्टीमा छलफल गर्नुको साटो संवैधानिक परिषद्को बैठक बोलाउने, गुरुङलाई हटाउने जस्ता प्रयास गरेको उनले उनले असन्तुष्टि जनाएको नेकपा स्रोतले जनाएको छ ।