२०७७ चैत्र ३० , सोमवार

नेप्सेमा थपियो २० लाख ५३ हजार कित्ता सेयर

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार २० लाख ५३ हजार ८०८ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद सेयर र रिडी हाइड्रोपावरको २ लाख ६५ हजार ५५९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 

समृद्धिले असोजमा बिक्री गरेको २००% हकप्रद सेयर अहिले सूचीकृत गराएको हो । यस्तै, रिडीले मंसिर २६ गतेको वार्षिक साधारण सभाबाट पारित ५% बोनस सेयर सूचीकृत गराएको हो ।