२०७७ चैत्र ३० , सोमवार

एपीएफ टोलीद्वारा सेती नदिको खोचमा खसेका एक व्यक्तिको सकुशल उद्वार

सुनाखरी न्युज/कास्की – कास्की जिल्लाको पोखरा महानगरपालिका १७ स्थित सेती नदिको खोचबाट एपीएफ टोलीले मंसीर २७ गते एक जनाको सकुशल उद्वार गरेको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका घर भई कास्की जिल्लाको पोखरा महानगरपालिका १७ बस्ने ३१ वर्षिय कमल योगी पैदल हिड्ने क्रममा अचानक सो नदिको खोचमा खसेका थिए ।

 

सो घटनबारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक देवीलाल गोतामेको कमाण्डमा खटिएको एपीएफ टोलीले उनको सकुशल उद्वार गरेको हो । उद्वार पश्चात एपीएफ टोलीले उनलाई उपचारको लागि गण्डकी मेडीकल अस्पतालतर्फ पठाएको छ ।