२०७७ चैत्र ३१ , मंगलबार

नेलम्बो नेपालद्धारा पोखरा १४ लाई स्वास्थ्य सामग्रीहरु सहयोग

सुनाखरी न्युज/  पोखरा – पोखरा ४ स्थित नेलम्बोनेपालले आज पोखारा महानगर पालिका वडा नं. १४ को वडा कार्यालय र त्यस मातहतमा रहेको शहरी स्वास्थ्य केन्द्रलाई डिस्पोजिवल माक्स, सेनिटाइजर, केएन९५ माक्स, सेनिटाइजर स्ट्याड, थर्मल गन, स्प्रे बोतल फेस सिल्ड, हात धुने साबुन र सचेतना सम्बन्धी ब्रोसर नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले वडा सचिव राजेन्द्र पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।

 

उक्त हस्तान्तरण कार्यक्रममा धन्यवाद दिँदै वडा सचिव पौडेलले नेलम्बो नेपाललाई आग्रह गरेको २४ घण्टा नि नवित्तै स्वास्थ्य सुरक्षाका सामग्रीहरु आफ्नो कार्यालयमा नै आएर सहयोग गरेको प्रति आभार व्यक्त गर्नु भयो । कोभिड १९ को विषम् परिस्थितिमा नेलम्बो नेपालले देखाएको अग्रसरतालाई विस्रन नहुने पनि बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष देवकोटाले नेलम्बो नेपाल शिक्षा, स्वास्थ्य र वातावरणको अलवा विभिन्न महामारीमा सरकार र समुदायका लागि संस्थाको दक्षता र क्षमता अनुसरका कार्यक्रम बनाई सहयोगीको रुपमा रहेको बताउनु भयो ।

 

कोभिड १९ को कारण बन्द रहेका विद्यालयहरु अहिले सञ्चालन हुन थालेको र आगामी दिनमा नेलम्बो नेपाल शिक्षा क्षेत्रलाई विशेष महत्व दिएर स्वास्थ्य सुरक्षका सामग्रहिरु साथै सचेतनाका कार्यक्रममा अगाडी बढ्ने बताउनु भयो । उक्त कार्यक्रममा रु २०,३५० रुपैया बरावरको स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको नेलम्बो नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले बताउनु भयो ।