२०७७ चैत्र ३० , सोमवार

शेयर बजारमा हरियाली, नेप्सेमा ५६.७२ अंकको उछाल

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । आज नेप्से ५६.७२ अंकले बढेर दुई हजार ६७ दशमलब १७ विन्दुमा पुगेको छ भने ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।