२०७८ बैशाख ३ , शुक्रवार

१३ वर्षीया बालिकालाई जबरजस्ती गर्ने ७० वर्षीय केदार बहादुर बासकोटा पक्राउ

सुनाखरी न्युज/ नुवाकोट – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलकोटगढी नगरपालिका-४ डाँडाखर्क बस्ने ७० वर्षीय केदार बहादुर बासकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

केदारले ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी झिल्टुङ तिनपित्लेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।