२०७८ बैशाख ८ , बुधवार

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब बबरमहलमा

सुनाखरी न्युज/ काठमाडौं – समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल, काठमाण्डौमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

 

उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीतथासिभिल बंैकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग विभागका प्रमुख भोलाबहादूर बिष्टले संयूक्त रुपमा गर्नु भयो ।

 

अब काठमाडौंको बबरमहल स्थीत बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलै संग भुक्तानी गर्न सक्नेछन । करीव पाँच लाख भन्दा बढी ग्राहकहरु लाई ११४ शाखाहरु तथा ४ एक्सटेन्सन काउन्टरहरु यस एक्सटेन्सन काउन्टर सहित मार्फत सेवाप्रदान गरीरहेको सिभिल बैंकले करीव रु। ७०अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु। ६१अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।